खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
शुक्रबार, ०७ मङ्सिर २०८१, ०२ : १४
एजेन्सी । इंग्लिश क्लब म्यान्चेस्टर सिटी समूह चरणका दुई खेल अगावै युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीडेनको हाममर्बीलाई २–१ गोल अन्तरले हराउँदै म्यान्चेस्टर सिटीले छलाङ मारेको हो ।
म्यान्सिटीलाई विजयी गराउन दुबै गोल खदीजा शो’ले गरेकी हुन् । योसँगै उनी सिटीकै सर्वाधिक गोलकर्ता बनेकी छन् । हाममर्बीका तर्फबाट एलेन वाङगरहाइमले एक गोल फर्काइन् ।
चार खेलमा निकालेको शतप्रतिशत जितले सिटी महिला सुपर लिगको प्रतिद्वन्द्वीसँगै अन्तिम आठमा सामेल हुने बताइन्छ । स्पेनको बार्सिलोना रहेको समूह डीको शीर्ष स्थानमा रहेको सिटीले शतप्रतिशत जितकासाथ १२ अंक जोडेको छ । एक खेल गुमाएको बार्सिलाना क्वार्टरफाइनलका लागि सु्रक्षित रहेपनि समूह विजेता बन्न भने कठिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण