के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
काठमाडौं । ‘दुखाई सम्बन्धि समस्याका लागि अक्युपञ्चर’ नाराकासाथ आज विश्व अक्युपञ्चर दिवस मनाइँदै छ । नोभेम्बर २२ का दिन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । अक्युपञ्चर, परम्परागत चिनियाँ चिकित्सा (टीसीएम) मा आधारित एक प्राचीन उपचार पद्धति हो भने अहिले पीडानियन्त्रणका लागि उपयुक्त उपचार प्रणलीको रुपमा विश्वव्यापी मान्यता पाएको छ । विश्व एक्युपञ्चर दिवसको अवसरमा यो उपचार विधिको महत्त्वलाई उजागर गर्ने र संसारभरि लाखौं मानिसलाई राहत प्रदान गरिरहेको योगदानबारे चर्चा गर्ने गरिन्छ ।
शरीरका विशेष बिन्दुहरू (अक्युपोइन्ट) मा पातलो सुई (निडिल) छिराएर शरीरको प्राकृतिक उपचार प्रक्रियालाई सक्रिय पारेर रोगहरुको निदान गर्ने प्रभावकारी उपचार विधि लाई अक्युपञ्चर भन्ने गरिएको छ ।
हालैका अनुसन्धानहरूले एक्युपञ्चरले अक्युपञ्चरले मस्तिष्कका पीडासँग सम्बन्धित क्षेत्रहरूको गतिविधिहरू लाई कम गर्न मद्दत गर्ने रिपोर्ट दिएका थिए । विशेषगरी माइग्रेन , टाउको दुखाइ, अर्थ्राइटिसजस्ता, रोगहरूमा, यसले पीडा कम गर्न मद्दत गर्छ । परम्परागत चिनियाँ चिकित्सा अनुसार, अक्युपञ्चरले शरीरको ऊर्जा प्रवाह सन्तुलित गर्छ।
आधुनिक अनुसन्धानका अनुसार, यसले स्नायुप्रणालीको सन्तुलन कायम गरी अत्यधिक पीडालाई कम गर्न मद्दत गर्ने बताइन्छ ।
यसका विशेषज्ञहरु भन्छन्, ‘शरीरका विशेष बिन्दुहरूमा सुई घुसाउने विधिले ऊर्जा च्यानलहरूलाई सक्रिय गर्दछ र रक्तसञ्चारको प्रवाहलाई सहज बनाउँछ। यसले तनाव घटाउँछ, शारीरिक क्षमता बढाउँछ र रगतको प्रवाहमा सुधार ल्याउँछ, जसले समग्र स्वास्थ्यमा फाइदा पुर्याउँछ।’
अक्युपञ्चरको प्रभावकारिता बढ्दो वैज्ञानिक प्रमाणहरूले साबित गरेसँगै विश्वभरका आधुनिक स्वास्थ्य सेवा प्रणालीहरूमा समावेश गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्युपञ्चरलाई पीडा र अन्य अवस्थाहरूको उपचारका लागि मान्यता दिएको छ, जसले अक्युपञ्चर उपचार विधिको भूमिकालाई थप विश्वसनीय बनाएको अक्युपञ्चरिष्ट डा.विशाल श्रेष्ठले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण