अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेपछि इजरायली प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय आपराधिक न्यायालय (आईसीसी)ले आफूविरुद्ध जारी गरेको पक्राउ पुर्जीका बारेमा प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा भिडियो पोस्टमार्फत पक्राउ पुर्जीबारे प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘आईसीसीले जानाजान गाजामा आम मानिसलाई निसाना बनाएको भनेर झुटो आरोप लगाएको छ । जबकि नागरिकलाई हताहत हुनबाट बचाउन हामीले सबैकुरा गरेका छौँ ।’
इजरायली प्रधानमन्त्री नेतन्याहुले हेगको अदालत (आईसीसी) ले जानाजान आफूहरूमाथि भोकमरी नीति अपनाएको आरोप लगाएको जिकिर गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यो पनि यस्तो बेलामा, जब गाजामा हामीले त्यहाँका नागरिकका लागि ७ लाख टन खाना पठाएका छौँ । मानवीय क्षति नहोस् भनेर हामीले त्यहाँका बासिन्दालाई लाखौँ टेक्स्ट म्यासेज पठाएका छौँ ।’
सैन्य कारबाही अघि आफूहरूले गाजामा फोन कल र पर्चासमेत छरेर मानिसलाई सचेत गराइएको नेतन्याहुको भनाइ छ । बरु हमासले नै गाजाका बासिन्दालाई ढाल बनाएर जोखिममा पार्ने गरेको उनले बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण