अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेपछि इजरायली प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय आपराधिक न्यायालय (आईसीसी)ले आफूविरुद्ध जारी गरेको पक्राउ पुर्जीका बारेमा प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा भिडियो पोस्टमार्फत पक्राउ पुर्जीबारे प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘आईसीसीले जानाजान गाजामा आम मानिसलाई निसाना बनाएको भनेर झुटो आरोप लगाएको छ । जबकि नागरिकलाई हताहत हुनबाट बचाउन हामीले सबैकुरा गरेका छौँ ।’
इजरायली प्रधानमन्त्री नेतन्याहुले हेगको अदालत (आईसीसी) ले जानाजान आफूहरूमाथि भोकमरी नीति अपनाएको आरोप लगाएको जिकिर गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यो पनि यस्तो बेलामा, जब गाजामा हामीले त्यहाँका नागरिकका लागि ७ लाख टन खाना पठाएका छौँ । मानवीय क्षति नहोस् भनेर हामीले त्यहाँका बासिन्दालाई लाखौँ टेक्स्ट म्यासेज पठाएका छौँ ।’
सैन्य कारबाही अघि आफूहरूले गाजामा फोन कल र पर्चासमेत छरेर मानिसलाई सचेत गराइएको नेतन्याहुको भनाइ छ । बरु हमासले नै गाजाका बासिन्दालाई ढाल बनाएर जोखिममा पार्ने गरेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाविरुद्ध गएपछि कान्छारामको राज्यमन्त्री पद चट !
-
'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु
-
काठमाडौँको माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन
-
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ? संसद् र सरकारबिच विवाद
-
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग