रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिएका छन् ।
आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त पारेर अघि बढिरहेको भन्दै समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई नछोड्ने उनले चेतावनी समेत दिए ।
‘हामी सुन्छौ कहिले बैंकको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ?’, दुर्गा प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालव्याल, अस्तव्यस्त र ध्वस्त बनाउन ।’
उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पनि कटाक्ष गरे ।
‘त्यसपछि अर्को अभियान चल्छ–उद्यमी, व्यवसायी र मारवाडीहरूलाई खेद भनेर अभियान चल्छ’, उनले भने, ‘केही उद्योग चलिरहेका छन् भने उद्योगको लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ–विद्युत् महसुल आयोगले जे भनेको छ टिओडीअनुसार बक्यौता उठाऊ ।’
उनले त्यसरी बक्यौता नउठाउने अनि विद्युत् लाइन काटेर उद्योग बन्द गर्ने कुरा स्वीकार्य नहुने बताए ।
‘उद्योगको लाइन काटेर मजदुरहरु बेरोजगार बनाउने षड्यन्त्र भइरहेका छन्’, उनले भने, ‘समुदायमा विद्वेष खलबल्याउने काम भइरहेको छ ।’
उनले पोल्टिक्स नगर्ने, नीति अघि सार्न नसक्ने तर गाली गर्ने मुख छाड्ने अनि अपशब्द बोल्ने कुरा सरकारलाई सह्य नहुने बताए । उनले रास्वपा र सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘आफै सहकारी ठगी गर्ने अरुलाई मुख छाड्ने ? गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार र ठगी सह्य हुनेछैन । मानवतस्करी सह्य हुनेछैन । अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन कारबाही गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण