अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
नयाँ दिल्ली । भारतका अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा पक्राउ पुर्जी जारी भएको खबरको पुष्टि भएको छ । अमेरिकी अदालतको आदेशमा यो पुर्जीलाई अनसील गरिएको छ ।
अडानीविरुद्ध पूर्वी जारी भएको र अमेरिकी अदालतले यसलाई खोलिदिएको आफ्नो स्रोतले पुष्टि गरेको भन्दै आजतकले समाचार छापेको हो ।
विदेशी कानुन प्रवर्तनलाई दस्ताबेज सुम्पिन सकियोस् भनेर पुर्जी खोलिएको बताइएको छ । अमेरिकी अदालतका न्यायाधीश रोबर्ट एम लेभीले सन् २०२१ को अक्टोबर ३१ मा यसलाई खोल्ने आदेश दिएका थिए । न्यूयोर्कको पूर्वी जिल्लाका वकिलले पक्राउ पुर्जी खोल्नका लागि एउटा याचिका दायर गरेका थिए ।
याचिकामा अडानीविरुद्ध अभियोग आशिंक रुपमा खोल्न र विदेशी कानुन प्रवर्तनलाई यो दस्ताबेज उपलब्ध गराउने उद्देश्यले पक्राउ पुर्जी खोल्न माग गरिएको थियो । अडानीले आफ्नो कम्पनी अडानी ग्रिन एनजीलाई एउटा सौर्य परियोजनाको करार दिलाइदिन भारतीय अधिकारीहरूलाई घूस दिएको आरोप अमेरिकी न्याय मन्त्रालय र शेयर नियामक सेकले लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण