तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
काठमाडौँ । तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले विश्व तेक्वान्दो महासंघको मुख्यालय कुकिवानबाट आउटस्टयान्डिङ सम्मान प्राप्त गरेका छन् ।
कुकिवानद्वारा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा यहि नोभेम्बर ११ देखि २१ सम्म आयोजना गरेको ११५ औं तेश्रो श्रेणी अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स २०२४मा सहभागिता जनाएका अधिकारीलाई सहभागीहरू मध्येबाट सर्वोत्कृष्ट प्रदर्शन गरेको भन्दै आउटस्टान्डिङ प्रशंसा–पत्र र बेल्टद्वारा सम्मान गरिएको हो ।
युएईलाई कर्मक्षेत्र बनाएर तेक्वान्दोको विकास र विस्तारमा लगनशिल भएका प्रशिक्षक अधिकारीलाई विश्व तेक्वान्दो एकेडेमीका निर्देशक सन ली किमले प्रशंसापत्र र तीन पटकका विश्व च्याम्पियन तथा कोरियाली तेक्वान्दो पुम्से राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक ग्रान्डमास्टर जे–युन आनले कुकिवान बेल्ट प्रदान गरेका थिए ।
सम्मान पश्चात प्रशिक्षक अधिकारीले यो सम्मानले आफूलाई निकै हर्षित बनाएको र तेक्वान्दोको विकासमा अझ बढी मेहनत गर्न प्रोत्साहन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण