धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
आइतबार, ०९ मङ्सिर २०८१, ०९ : २६
काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्तामा दुई जना मात्रै उपस्थित भएका छन् । यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरू नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँमध्ये अधिकारी र कार्की मात्रै उपस्थित भएका हुन् ।
चापागाईँ भने आज पनि अनुपस्थित रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि बोलाएर स्थगित भएको अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् । छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो ।
अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण