पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दाको अनुसन्धान सकिएको छ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
पूर्वमन्त्री अधिकारीसँगै जापानको टोकियोस्थित नारिता विमानस्थलमा पुगेका दावा शेर्पा, जनक राई र कञ्चन देवकोटा डिपोर्ट ‘निस्कासन’ भएर काठमाडौँ फर्किएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो ।
सो घटनामा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, कञ्चन देवकोटा, जनक राई, नविन राई, गुड्ड्री राई, बिचौलियाहरु महेश पाण्डे, बिर बहादुर सुनार र जुगल रिजाल पक्राउ परेका छन् । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा २ (ग) अनुसारको कसुर र लिखत किर्ते सम्बन्धी कसुरमा अभियोजन गर्न प्रहरीले राय दिएको छ ।
पूर्वमन्त्री अधिकारीले बिचौलियाको योजना थाहा पाएपछि नारिता एयरपोर्टबाट कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङलाई सामाजिक सञ्जालमार्फत म्यासेज गरेको बयान दिएका छन् । जापान पुगेका ३ जनाबाट करिब ३० लाख रकम बिचौलियाले असुलेको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मन्त्री अधिकारीको बैंक खाता चेकजाँच गर्न र डीआईजी खापुङसँग पनि घटना विवरण कागज गराउन प्रहरीलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने