सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत्को भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुकबीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताए । उनले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गरे ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय दक्षिण एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा सामाजिक सञ्जाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय रहेको बताए । “यस विषयमा सार्क राष्ट्रका पत्रकारले छलफल गरेर समाधानसहितको सामूहिक निष्कर्ष निकाल्न जरुरी छ”, उनले बताए ।
कार्यक्रममा सार्क जोर्नालिस्ट एसोसिएसनका अध्यक्ष डा.नटराज रेले दक्षिण एसियाका पत्रकारको विचार–विर्मश गर्ने साझा थलोका रूपमा सङ्गठित हुने अभियानमा रहेको बताए । भारत, नेपाल र बङ्गलादेशका केही सञ्चार संस्था मिलेर गठन गरिएको उक्त सङ्गठनमा अन्य सार्क राष्ट्रलाई आबद्ध गराउने प्रक्रियामा रहेको उनले जानकारी दिए । उनले एसोसिएसनले सार्क मुलुकका पत्रकार र पत्रिकारिताको साझा चौतारीका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए ।
त्यसअवसरमा साउथ एसियाका विभिन्न पत्रकारलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो । बङ्गलादेशका प्रतिष्ठित पत्रकार नाहिद होसैनलाई २०२४ को ‘सार्क ग्लोबल एक्सीलेंस अवार्ड’ प्रदान गरिएको छ । कूटनीतिक पत्रकारितामा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई ‘उत्कृष्ट रिपोर्टर (कूटनीतिक मामिला)’ को रूपमा सम्मानित गरिएको हो ।
अवार्डका लागि भारत, बङ्गलादेश र नेपालका पत्रकारलाई आह्वान गरिएको थियो । तीन देशका विशेषज्ञहरू सम्मिलित निर्णायक मण्डलले सबै आवेदकहरूको मूल्याङ्ककन गरेकामा होसैनलाई पुरस्कारका लागि चयन गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण