कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान चालकहरुलाई कुनै पनि उडान प्रभावित नगर्न अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै निगमले चालकहरुलाई सो आग्रह गरेको हो ।
निगममा कार्यरत पाइलटहरुको सेवा सुविधा बढाउने सम्बन्धमा निगम व्यवस्थापनको तर्फबाट विभिन्न चरण र मितिहरुमा आवधिक जानकारी गराइराखिएको जनाउँदै निगमले यस सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सचिवसमेत निरन्तर लागिपरिरहनुभएको जनाएको छ ।
सो विषयमा आइतबार निगमका कार्यकारी अध्यक्षले आफ्नो सचिवालय र बजार व्यवस्थापन विभागका निर्देशकसहित अर्थमन्त्री र पर्यटनमन्त्रीसँग छलफल गरेको गर्नुभएको निगमले जनाएको छ । छलफलमा चालकहरुका (क्याबिन क्रु) मागका सम्बन्धी अर्थमन्त्री सकारात्मक रहनुभएको र पर्यटनमन्त्रीले समस्या समाधानका लागि पहल गरिरहनुभएको सूचना जनाइएको छ ।
पाइलटहरुले नियमति उडान नगर्दा निगमलाई आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको बताउँदै यसलाई निगम व्यवस्थापनले गम्भीर रुपमा लिएको र निगमलाई पर्ने आर्थिक लगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमाअनुसार हुने समेत सूचनामा भनिएको छ । निगमका क्याबिन क्रुहरुले विगत केही महिनादेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण