हाललाई धरहरामा निःशुल्क पार्किङ सुविधा
सोमबार, १० मङ्सिर २०८१, १२ : ३९
काठमाडौँ । सरकारले धरहरामा पार्किङ शुल्क लिने निर्णय गरे पनि हाललाई निःशुल्क पार्किङको सुविधा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहराको वेसमेन्ट पार्किङमा सवारी पार्किङ गर्दा शुल्क लिने निर्णय गरेको थियो । तर हाललाई उक्त निर्णय कार्यान्वयन नभएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए ।
‘सरकारले पार्किङ शुल्क लिने निर्णय गरे पनि अहिलेलाई कार्यान्वयनमा ल्याइएको छैन,’ राईले भने, ‘अहिले निःशुल्क पार्किङ गर्न दिइरहेका छौँ । केहि दिनपछि मात्रै शुल्क लिने व्यवस्था गरिन्छ ।’
मन्त्री परिषद्को निर्णयअनुसार चारपाङ्ग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारीको लागि प्रतिघण्टा १० रुपैयाँ शुल्क तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण