मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।
नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली कांग्रेसका बलराम सरदार थारु, नेकपा माओवादी केन्द्रका नमो नारायण माझी अध्यक्ष पदका उम्मेदवार हुन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नविन कुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश कुमार थन्दार, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी, जनमत पार्टीबाट विनोद कुमार माझी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट वुद्धिचन विश्वास थारु उम्मेदवार छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीबाट प्रभुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारु), जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी र स्वतन्त्र रूपमा नमनारायण चौधरी थारु अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
२०७९ को निर्वाचनमा यो पालिकाको अध्यक्ष पदमा ७ जना उम्मेदवार थिए । जसअनुसार नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतसहित निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका शिव नारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका विजय कुमार सरदारले २ हजार ७२७ मत पाएका थिए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पखु लाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पंच नारायण थारुले ९८ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत पाएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण