अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष, फिल्म ‘काँडेतार’का अभिनेता, निर्देशक नवल खड्का र निर्माता सत्यकला राई युकेमा ‘वलिराज सम्मान –२०८१’बाट सम्मानित भएका छन् । खस समाज युकेको आयोजनामा आयोजित कार्यक्रममा साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटले उनीहरुलाई यो सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा खड्का र राईलाई खस अन्तर्राष्ट्रिय समन्वय समाजका केन्द्रीय संयोजक टेक बहादुर थापा, खस समाज युकेका सल्लाकार राजेन्द्र खस र आदिवासी जनजाति महासंघ युकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले संयुक्त खादा तथा सम्मान पत्र प्रदान गरेका थिए । नेपाली फिल्म र कलाको मध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदानको उच्चमुल्याङ्कन गर्दै उक्त सम्मान गरिएको खस समाजका अन्तर्राष्ट्रिय संयोजक टेक बहादुर थापाले बताए ।
फिल्म ‘काँडेतार’को विशेष प्रदर्शन गरिएको कार्यक्रममा मेयर जित रानाभाटले फिल्म मन परेको प्रतिक्रिया दिँदै विषयवस्तुको तारिफ समेत गरे ।
फिल्म ‘काँडेतार’ युकेमा अल्डर्सट, आशफोर्ड, स्वीडन, बेजिङस्टोक, साउथह्यारो लगायतका एक दर्जन ठाउँहरुमा प्रदर्शन भैसकेको छ । ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरूले देखाएको प्रेम र सद्भावबाट आफू अत्यन्तै हर्षित भएको निर्माता सत्यकला राईले बताइन् ।
नवल खडका, गौरब पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, सन्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठलगायत कलाकारको अभिनय रहेको नेपाल र भारत बिचको सिमाना विवादको विषयमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण