अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित

काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष, फिल्म ‘काँडेतार’का अभिनेता, निर्देशक नवल खड्का र निर्माता सत्यकला राई युकेमा ‘वलिराज सम्मान –२०८१’बाट सम्मानित भएका छन् । खस समाज युकेको आयोजनामा आयोजित कार्यक्रममा साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटले उनीहरुलाई यो सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा खड्का र राईलाई खस अन्तर्राष्ट्रिय समन्वय समाजका केन्द्रीय संयोजक टेक बहादुर थापा, खस समाज युकेका सल्लाकार राजेन्द्र खस र आदिवासी जनजाति महासंघ युकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले संयुक्त खादा तथा सम्मान पत्र प्रदान गरेका थिए । नेपाली फिल्म र कलाको मध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदानको उच्चमुल्याङ्कन गर्दै उक्त सम्मान गरिएको खस समाजका अन्तर्राष्ट्रिय संयोजक टेक बहादुर थापाले बताए ।
फिल्म ‘काँडेतार’को विशेष प्रदर्शन गरिएको कार्यक्रममा मेयर जित रानाभाटले फिल्म मन परेको प्रतिक्रिया दिँदै विषयवस्तुको तारिफ समेत गरे ।
फिल्म ‘काँडेतार’ युकेमा अल्डर्सट, आशफोर्ड, स्वीडन, बेजिङस्टोक, साउथह्यारो लगायतका एक दर्जन ठाउँहरुमा प्रदर्शन भैसकेको छ । ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरूले देखाएको प्रेम र सद्भावबाट आफू अत्यन्तै हर्षित भएको निर्माता सत्यकला राईले बताइन् ।
नवल खडका, गौरब पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, सन्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठलगायत कलाकारको अभिनय रहेको नेपाल र भारत बिचको सिमाना विवादको विषयमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)
-
प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता, ‘लेटर अफ गुडविल’ मा हस्ताक्षर
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
-
कान्समा डेब्यू गर्दै आलिया