ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
काठमाडौँ । अर्थ–राजनीतिक विश्लेषक हरि रोकाले प्रधानमन्त्री केपी ओलीको चार दिने चीन भ्रमण राम रमिता र गरिष्ठ (दुष्पाच्य) भोजनमा सीमित हुने देखिएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा ओलीको चीन भ्रमणलाई लक्षित गरी उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘आजसम्मको देउवा–ओली गठबन्धन सरकारले आयोजना गरेको ‘बीआरआई’ छलफल र निष्कर्ष हेर्दा ओलीको चीन भ्रमण, चारदिने राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ’, रोकाले लेखेका छन्, ‘पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैँ, ऋणको केही अंश अनुदानमा बदल्ने प्रयत्नसम्म भइहाल्छ कि ?’
ओली सरकारको परराष्ट्र नीति असफलताको पराकाष्टा भएको उनको भनाइ छ । प्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि चीन भ्रमणमा जाँदै छन् ।
उनले सन् २०१३ बाट सुरु भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)लाई पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले केवल ऋण सम्झेकोतर्फ पनि टिप्पणी गरेका छन् ।
‘ऋण लिन सक्ने सामर्थ्य नभएको, अरूअनुदान लिन हामी तयार छौं भनेछन्। हिजोआज हरेक दिन देश अनुदानबाट होइन, ऋणबाट चलेको कुरा यीनलाई कुनै कांग्रेसले थाहै दिन्नन् कि क्या हो ?,’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण