शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक
काठमाडौँ । शाओमीले नेपालमा नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्दछ ।
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । जसले गर्दा यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिन्छ । यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ । यसले गर्दा यो स्टीमर घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुन्छ ।
यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ । यसको स्मूथ ग्लाइडिङ प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्दछ ।
१६० एमएल पानी ट्याङ्कीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ भने ३० किलोपास्कलको प्रेसराइज्ड स्टीम फ्लोले उच्च स्तरको परिणाम दिन्छ । खुम्चाई हटाउनका साथै यसले ९९.९९% ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउँछ ।
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य रु.४,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ । थप जानकारी शाओमीको आधिकारिक वेबसाइटमा पाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण