उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताएका छन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उद्योग उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए । उनले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन, औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताए । उनले यी ऐनहरूमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताए ।
मन्त्री भण्डारीले नीति ऐन, कानुनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताए । उनले आन्तरिक तथा बाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताए । उनले स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्ने बताए । उनले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति, ऐन कानुन र सेवा प्रवाहको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने