आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’

शुक्रबार, १४ मङ्सिर २०८१, ०७ : ०५
शुक्रबार, १४ मङ्सिर २०८१

अमेरिका । अमेरिकामा रहेका  नेपालीहरूले धन्यवाद दिवस अर्थात् 'थ्याङ्कस गिभिङ् डे' हर्षोल्लास साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठुलो पर्वका रूपमा मनाइने 'धन्यवाद दिवस'मा नेपाली समुदायले पनि आफ्ना परिवार,आफन्त ,इष्टमित्र तथा साथीभाइलाई आफैले विभिन्न परिकारका खानेकुराहरू बनाएर या खरिद गरिएका चिजहरूद्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् ।

यस पर्वमा मुख्य रूपमा अमेरिकामा पाइने कालिज जस्तो ठुलो चरा टर्की अर्थात् पातालमयूरको मासु खाइन्छ । साथै अन्य फरक परिकारका चिजहरू समेत यसमा खाने चलन छ ।

यस दिवसमा परम्परा अनुसार पर्व सुरु हुनु अगाडी व्ह्वाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडी जिउँदो टर्की प्रदर्शन गरिन्छ । उक्त ” पार्डोनिंग ” अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन् । सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ । यस वर्ष पनि राष्ट्रपति जो बाइडेनले दुई वटा टर्कीलाई व्ह्वाइट हाउसमा एक समारोहकाबिच क्षमा गरे ।

अमेरिकामा पहिलो पुस्ताले भन्दा पनि अमेरिकामा जन्मेका दोस्रो पुस्ताले यसलाई निकै मनोरञ्जन गर्ने रूपमा लिने र अभिभावकलाई उत्प्रेरित गर्ने गरेको पाइएको छ । यस पर्वमा अमेरिकाका धेरै राज्य तथा सहरहरूमा झाँकी प्रदर्शन पनि हुन्छ ।

थ्याङ्कस गिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रूपमा मानिन्छ । धन्यवाद दिवस संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रूपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहीबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहीबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कस गिभिङ् डे को भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे) भनिन्छ। उक्त कालो शुक्रबारको दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरूमा खरिद गर्न मानिसहरूको अत्यधिक भिड हुन्छ । यो पर्व सकिने बित्तिकै मानिसहरू पसलका ढोकाहरू अगाडी राति देखि नै कुरेर आफूले चाहेको सामान किन्दछन् ।

इतिहास : वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । यो पर्व हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाउने गरिन्छ। युरोपेलीहरू आप्रवासीहरू जब अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे । फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यवाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै विषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको भनिन्छ ।

uttam 123

धन्यवाद दिवस परम्परा सन् १९३० को दशकमा स्थापित भएको थियो । जब दुई वर्षको थ्याङ्क्सगिभिङ पाँचौँ बिहीबार परे पछि सन् १९४१ मा प्रत्येक नोभेम्बर महिनाको चौथो बिहीबार हुने गरी एउटा कानुन पारित गरिएको थियो।

युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर अर्थात् अमेरिकी कृषि विभागको अनुसार प्रत्येक वर्ष थ्यान्क्सगिभिङ खानाको समयमा अनुमानित ४६ मिलियन टर्की खाइन्छ। त्यो संख्या संयुक्त राज्य अमेरिकामा हरेक वर्ष उत्पादन २१६.५ मिलियन टर्कीको २१  प्रतिशतको प्रतिनिधित्व गर्दछ।

SUSMITA

सन् २०२३ को अनुसार अमेरिकामा सबैभन्दा ठुलो टर्की उत्पादन गर्ने राज्यहरू मिजौरी हो । जहाँ एक वर्षमा १७ मिलियन टर्कीहरू उत्पादन गरिन्छ । एक वर्षमा २० मिलियन इंडियानास अर्कान्सासमा एक वर्षमा २७ मिलियन टर्कीहरू तथा नर्थ उत्तरी क्यारोलाइनमा वर्षमा २९ मिलियन टर्कीहरू उत्पादन गर्छ । 

RAJU  JOSHI 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?