बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
सारांश
- अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा १५ दिन राति सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ।
- काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा समितिको बैठकले साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोक्ने निर्णय गर्यो।
- सवारी साधन काभ्रे भञ्ज्याङ र खुर्कोटमा रोकिनेछन्, र यो निर्णय गत असोजको बाढीपहिरोको कारण लिइएको हो।
काठमाडौं । अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड ) मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको हो । यसबारे विस्तृत सूचना सडक डिभिजन कार्यालयले निकाल्नेछ ।
प्रमुख जिल्ला अधिकारी थापाले सडकले सम्भवत: आइतबारदेखि लागू हुनेगरी त्यस्तो सूचना प्रकाशित हुने बताए । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा राक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको हो ।
गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण