शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पूर्वसावधानी

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

शुक्रबार, ०६ असार २०८२, १६ : ११
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा १५ दिन राति सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ।
  • काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा समितिको बैठकले साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोक्ने निर्णय गर्यो।
  • सवारी साधन काभ्रे भञ्ज्याङ र खुर्कोटमा रोकिनेछन्, र यो निर्णय गत असोजको बाढीपहिरोको कारण लिइएको हो।

काठमाडौं । अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड ) मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ । 

शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

उनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको हो । यसबारे विस्तृत सूचना सडक डिभिजन कार्यालयले निकाल्नेछ ।

 प्रमुख जिल्ला अधिकारी थापाले सडकले सम्भवत: आइतबारदेखि लागू हुनेगरी त्यस्तो सूचना प्रकाशित हुने बताए । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा राक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको हो ।

गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप