सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण
काठमाडौँ । बागमती प्रदेश सभा सांसद सरल सहयात्री पौडेलले दुई वर्षमा आफूले गरेको कामका प्रगति विवरण सार्वजनिक गरेका छन् । २०७९ साल मङ्सिर ४ गते नेकपा माओवादी केन्द्रबाट सिन्धुपाल्चोक–१(२)बाट निर्वाचित भएका उनले मङ्सिर ११ गते प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र पाएका थिए । पुस १४ गते पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।
प्रदेश सभा सदस्यमा निर्वाचित भएको दुई वर्षमा जनतासँग गरिएका प्रतिबद्धताको धरातलबाट आफू विमुख नभएको दाबी गरेका छन् । निर्वाचनको बेला जनतासँग पौडेलले मुख्यतः पाँच बुँदे प्रतिबद्धता जनाएका थिए ।
१. शिक्षालाई गुणस्तरीयता प्रदान गरी प्रयोगात्मक र रोजगारमूलक बनाउँदै राष्ट्रियता र लोकतन्त्रको नयाँ भाव पैदा गराउने वातावरण निर्माणका लागि काम गर्ने ।
२. कृषकलाई कृषिमा काम गर्दा जीवन चल्न सक्छ भन्ने विश्वास पैदा गराउने गरी नेपाली कृषि संस्कृतिमा आधारित कृषिको आधुनिक विकासमा पहल गर्ने ।
३. स्थानीय रैथाने रोजगारीलाई औपचारिक संरचनामा केन्द्रित गरी श्रम बैङ्क मार्फत स्थानीय तहमै रोजगारी सिर्जना गर्ने ।
४.स्वास्थ्य बिमालाई प्रभावकारी बनाइ जनताको स्वास्थ्यलाई राज्यको दायत्वतिर उन्मुख गराउने ।
५. भौतिक पूर्वाधारको क्षेत्रमा जनताको आवश्यकतालाई सहजीकरण गर्ने गरी काम गर्ने ।
यस बाहेक जनताका घरघरमा गएर गरिएको विकास निर्माणका प्रतिविद्धताको व्यवस्थित सूचीमध्ये दुई वर्षको अवधिमा आफूले गरेका कामका प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
यस अवधिमा चारवटा अधिवेशन सम्पन्न भएको र १३ वटा कानुन अनुमोदन भएको जानकारी दिएका छन् । प्रदेश सभामा उठान गरिएका र सम्बोधन भएका सडक निमार्ण, भौतिक पूर्वाधार विकास लगायतका विषयमा प्रगति भएको उनले उल्लेख गरेका छन् ।
दुई वर्षमा के के भए ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण