क्रान्तिकारी कम्युनिस्ट पार्टीले बनायो पाँच सदस्यीय अध्यक्षमण्डल
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशन सञ्चालनका लागि पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयको ठुलो हलमा सुरु भएको बन्दसत्रमा निवर्तमान केन्द्रीय समिति भङ्ग गरी कमल चौधरीको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको सहभागी एक नेताले जानकारी दिए । अन्य सदस्यमा दिनेश शर्मा, शोभा सेन्चुरी र अर्का एक प्रमोद रहेका छन् । ती नेताका अनुसार संयोजक मोहन वैद्यले पेस गरेको मूल राजनीतिक दस्तवेजमाथि छलफल सुरु भएको छ ।
‘किरणको दस्ताबेजमा सङ्घर्ष, एकता र रूपान्तरणलाई मुख्य पद्धतिको रूपमा अङ्गालेको छ । दोस्रो सहमति र तेस्रोमा जनवादी केन्द्रीयता बहुमतलाई मानेर जानुपर्ने गरी तीन पद्धतिलाई अपनाइएको छ’, ती नेताले भने, ‘सीपी गजुरेलले अन्तर्राष्ट्रियसम्बन्धी दस्तावेज पेस गर्नुभएको छ । राम सिंहले सङ्गठनात्मक प्रस्ताव पेस गरेका छन् । सन्तबहादुर नेपालीले पर्यावरणसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।’
मुख्य प्रस्तावमाथि छलफल गर्न ७ मिनेट दिइएको छ । फरक प्रस्तावमाथि ५ मिनेट दिएको छ । आफ्ना असन्तुष्टि पोख्नका लागि १० मिनेटको समय दिएको ती नेताले बताए । बिहीबारदेखि सुरु भएको एकता महाधिवेशन २३ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण