नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ
काठमाडौँ । फर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुद्दामा प्रतिवादी कायम गरिएका नरबिर खड्कासहित ९ अध्यागमन अधिकृतहरूले सफाइ पाएका छन् ।
सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको आरोप लागेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माले उनीहरूलाई सफाइ दिएका हुन् । लिखत किर्ते तथा संगठित अपराध सम्बन्धी कसुरमा ४ जनालाई कसुरदार कायम गर्ने निर्णय भएको छ । गिता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डेलाई कसुरदार कायम गरिएको काठमाडौँ जिल्ला अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
न्यायाधीश शर्माले उनीहरूको हकमा सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेका छन् । सरोज कुमार यादव ट्राभल सञ्चालक हुन् । अरुण दाहाल बिचौलिया हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण