मुलुकले औद्योगीकरणमा फड्को मार्न सकेन : अर्थमन्त्री पाैडेल
बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले औद्योगीकरणमा फड्को मार्न नसकेको बताएका छन् ।
रुपन्देही उद्योग संघको ४७औँ वार्षिकोत्सव एवं औद्योगिक दिवसको अवसरमा बुटवलमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगीकरणमा फड्को मार्न नसक्नु कमजोरी भएको स्विकार्दै अब तीव्र गतिमा त्यसतर्फ जानुपर्ने बताए । उनले स्थिर सरकारले गर्दा यो सम्भव हुने बताए । यो सरकार २०८४ सम्म नै टिक्ने उनले समेत दाबी गरे ।
उनले सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको बताए । औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ल्याएको थियो ।
सरकारले अर्थतन्त्र सुधारका लागि विज्ञहरूको आयोग बनाएर उनीहरूका सुझावका आधारमा अघि बढेको र आउने नीति तथा कार्यक्रम र बजेटमा त्यसको प्रतिफल देखिने बताए । उनले राजस्व चुहावटका बेथितिहरू सबै क्रमशः सुधार गर्ने दिशामा सरकार गइरहेको बताए।
उनले निजी क्षेत्रको आत्मबल नबढाई अर्थतन्त्रमा सुधार नहुने बताए । उनले गौतमबुद्ध विमानस्थल राम्रोसँग चल्ने दाबी गर्दै आईएलएस प्रविधिको विकल्पमा अरू प्रविधि ल्याएर भए पनि चलाउने बताए । अर्थमन्त्री पौडेलले विमानस्थल चल्दैन भनेर नबोल्न र नलेख्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण