झलनाथको आरोप, ‘चीनले अनुदानमा बनाइदिएको उद्योगधन्दा बेचेर खाने साथीहरू यिनै हुन्’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चीनको अनुदानमा पाएका उद्योगहरू नेताहरूले बेचेर खाएको आरोप लगाएका छन् ।
चीन भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जुन नेताले आज चीनबाट अनुदानमा मात्र बीआरआई ल्याउनुपर्छ भनिरहेका छन् ती नेताहरूले नै विगतमा चीनको अनुदानमा बनाइएको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएका हुन् ।
उनले भने, ‘हाम्रो देश खाली भिख मागेर मात्र काम गर्नुपर्छ भने होइन, अहिले केही साथीहरूले चीनबाट अनुदान मात्र लिनुपर्छ भन्ने तर्क गरेको सुनिन्छ तर तिनै साथीहरूले हिजो चाइनाले नै अनुदानमा दिएर नेपालमा निर्माण भएका उद्योग धन्दाहरू कौडीको मूल्यमा बेचे ।’
अनुदानमा लिएको कुरा बेचर खाने अनि अरू अनुदान माग्ने लाज लाग्दैन भन्दै उनले नेपाल जस्तो देशले दूरदर्शी भएर छिमेकीसँगको सम्बन्धलाई विकास गर्नुपर्ने बताए । चीनबाट ऋण लिँदा वा अनुदान लिँदा त्यसबाट नेपाललाई हित हुन्छ कि हुँदैन भनी सोच्नुपर्ने कुरा भएको भन्दै उनले राष्ट्रिय हित हुन्छ भने जे लिए पनि हुने बताए ।
उनले एमसीसीमा अमेरिकाले ५० करोड डलर दिएपछि नेपालले १३ करोड डलर हाल्नुपर्ने उल्लेख गर्दै भने, ‘यो अनुमोदन भएको दुई वर्ष पनि पुगेको छैन अमेरिकाले ५० करोड डलर राख्यो भने नेपालले २० करोड डलर राख्नुपर्यो । सात करोड डलर हामीले बढ्ता हाल्नुपर्यो अर्थात् १० अर्ब रुपैयाँ भन्दा बढी हाल्नु पर्यो । त्यो अनुदानले हामीलाई कस्तो भारी बोकायो, त्यस्तो अनुदान हामीलाई चाहिँदैन ।’
‘एउटा पार्टी (कांग्रेस)ले ऋण लिनु हुँदैन भनिरहेको छ भने अर्को पार्टी (एमाले)ले सम्झौताको कुरा गरिरहेको छ । यदि दुवै पार्टीले अनुदानको मात्र कुरा गरे भने चीनसँग बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ कि हुँदैन यसै भन्न सकिँदैन,’ नेता खनालले भने । नेपाललाई समृद्ध बनाउनका लागि सम्झौताहरु गर्नुपर्ने उनले सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मध्यराति पर्यटनमन्त्रीद्वारा त्रिभुवन विमानस्थलको निरीक्षण
-
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
-
अमेरिकी, सिङ्गापुर डलर, स्वीस फ्रयाङ्क, बहराइन दिनार, ओमानी रियालको मूल्य बढ्यो, कसको कति ?
-
आज शेयर कारोबार गर्नेहरुका लागि शुभ, अन्य लाभ थाहा पाउन हेरौँ राशिफल
-
सेभिया र ओसासुनाले अंक बाँडे
-
इटालियन सिरी’ए : रोमालाई हराउँदै एटलान्टा दोस्रो स्थानमा