मिलान्थासामु नतमस्तक बन्यो विराटनगर, जनकपुरको सहज जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगर किंग्सले जितका लागि प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।
जनकपुरको सुरुवात भने राम्रो हुन सकेन । आसिफ शेख पहिलो ओभरमा शून्य रन बनाएर क्रिस सोलको शिकार बने । स्कोरबोर्डमा १५ रन हुँदा कप्तान अनिल साह ५ रन बनाएर पभेलियन फर्किए ।
त्यसपछि लाहिरु मिलान्था र हर्ष थाकेरले शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म डोर्याए । मिलान्थाले अर्धशतकीय इनिङ्स खेल्दै ७५ रन बनाए । उनले मात्र ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए ।
_J00IiFalTl.jpg)
हर्षले २९ रनको योगदान दिए । विराटनगरका लागि क्रिस सोल र प्रतीश जिसीले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । टोलीका लागि अनुभवी ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाए । उनले ४३ बलमा ५५ रनको इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र एक छक्का हिर्काए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए ।
_m1TqSor0wb.jpg)
अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले ७–७ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । ४ ओभरमा उनले मात्र २८ रन खर्चिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए ।
किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026