एसियन प्यासिफिक कराँतेमा नेपालले जित्यो ९ पदक
काठमाडौँ । सिंगापुरमा सञ्चालन भएको १६ औँ एसियन प्यासिफिक सितोरियो कराँते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।
नेपालको लागि सिनियर महिला तर्फ ६८ किलो तौल भन्दा माथि समूहमा १९ औँ एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला तर्फकै –५० किलो तौल समूहमा अञ्जलि महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।
एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बुले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङले सिनियर महिलाको –५५ किलो तौल समूहमा रजत पदक दिलाउन सफल भइन् ।
त्यसैगरि सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ–४५ किलो तौल समूहमा पोरसिया चौधरी, महिलाकै –६८ किलो तौल समूहमा आशिका राई, पुरुष तर्फको १६ बर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ –८४ किलो तौल समूहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।
नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिगेटस विशेष नेतृत्व र नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाको समग्र नेतृत्वमा नेपाली १२ खेलाडी, टिम म्यानेजर, रेफ्री,अफिशियल गरि कुल ३० जना एसियन प्यासिफिक सितोरियो कराँतेमा सहभागी भएको नेपाल सितोरियो कराँते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराउनुभयो ।
यसैगरि आइतबार एसियन प्यासिफिक सितोरियो कराँतेको विशेष अधिवेशन (कङ्ग्रेस) मा नेपालको तर्फबाट नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ र सितोरियो करातेका संरक्षक समेत रहेका नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले सहभागी जनाउने छन् । नेपाली कराँते टोली सोमबार स्वदेश फर्कनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण