विश्वभर दैनिक ३६ सय जनामा एचआईभी सङ्क्रमण
काठमाडौँ । विश्वमा दैनिक ३६ सय जनामा एचआईभी सङ्क्रमण हुने गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा हाल ३० हजार ३ सय जना व्यक्तिमा एचआईभी सङ्क्रमण रहेको अनुमान छ । यसमध्ये २४ हजार ७९३ ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका केन्द्रले जनाएको छ ।
विश्वमा सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित रिपोर्ट भएदेखि सन् २०२३ को अन्त्यसम्म ८ करोड ८४ लाख व्यक्तिहरू एचआईभीबाट सङ्क्रमित भएका छन् । यीमध्ये ४ करोड २३ लाख व्यक्तिहरूको एड्सको कारणले मृत्यु भइसकेको केन्द्रले उल्लेख गरेको छ । सन् २०२३ को अन्त्यसम्म संसारमा ३ करोड ९९ लाख व्यक्तिहरूमा एचआईभी सङ्क्रमण भएको अनुमान छ ।
सन् २०२३ मा १३ लाख नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ, जुन सन् १९९५ को तुलनामा ६० प्रतिशतले घटेको छ । सन् १९९५ मा ३३ लाख नयाँ सङ्क्रमण थियो ।
केन्द्रका अनुसार सन् २०२३ मा १ लाख २० हजार बालबालिकाहरूमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ६२ प्रतिशतले घटेको छ । सन् २०१० मा ३ लाख बालबालिकाहरूमा नयाँ सङ्क्रमण भएको अनुमान थियो ।
सन् २०२३ मा मात्रै करिब ६ लाख ३० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ५१ प्रतिशतले कम हो । सन् २०१० मा १३ लाख व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण