दैलेखका दुवै ठाउँमा मतदान सम्पन्न, ६० प्रतिशत पनि मत खसेन
सुर्खेत । दैलेखका दुई वटा स्थानीय तहमा आइतबार बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । दुवै ठाउँमा मत निकै कम खसेको छ ।
महावु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको मतदानमा ५५.४० प्रतिशत मतदाता सहभागी भएका छन् । कुल मतदाता संख्या १२ हजार ६१४ रहेको यहाँ ५५.४० अर्थात् ६ हजार ९८८ मत मात्रै खसेको छ ।
यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका जगतबहादुर हमालले उम्मेदवारी दर्ता गरेपनि उनले एमाले उम्मेदवार शाहीलाई समर्थन गरिसकेका छन् ।
यस्तै दुल्लु नगरपालिका–१३,को वडाध्यक्ष पदका लागि भएको मतदानमा ५६.४६ प्रतिशत मात्रै मतदाता सहभागी भए । कुल २७ सय ६ मतदाता रहेको यहाँ ५६.४६ प्रतिशत अर्थात् १ हजार ५२८ मत मात्रै खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत नरबहादुर सलामीले रातोपाटीलाई बताए ।
यहाँ ६ जना चुनावी मैदानमा छन् । कांग्रेसबाट रेशम बहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण