गोरखा-५ मा ६२ प्रतिशत मत खस्यो, आजै गणनाको तयारी
आइतबार, १६ मङ्सिर २०८१, १८ : ४३
पोखरा । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत गोरखा नगरपालिका–५ मा ६२ प्रतिशत मत खसेको छ । वडाअध्यक्ष पदमा भएको मतदानमा १ हजार ३ सय ७३ मत खसेको हो । निर्वाचन कार्यालयका अनुसार यहाँ २ हजार २ सय २५ मतदाता थिए ।
गोरखकाली आधारभूत विद्यालय मतदान केन्द्रमा ४ सय ५८, शिवशक्ति आधारभूत विद्यालयको (क) मतदान केन्द्रमा ४ सय ६९ र (ख) केन्द्रमा ४ सय ४६ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।
संयन्त्रको बैठक बसेर आजै मतगणनाको तयारी गरिएको छ । वडा नम्बर ५ को कार्यालयमा मतगणना स्थल तयार भैसकेको उनको भनाई छ । २०७९ सालमा भएको निर्वाचनमा यो वडाका अध्यक्ष एमालेका खिलबहादुर राना निर्वाचित भएका थिए । अहिलेको निर्वाचनमा एमाले, कांग्रेस र माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण