जब एन्फिल्डमा ग्वार्डिवलाले बर्खास्तीका आवाजको सामना गरे...
सोमबार, १७ मङ्सिर २०८१, ०३ : ५५
काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिवला बचन हारेका छन् । उनले क्लब सञ्चालकहरुलाई लिभरपुलविरुद्धको खेलअघि धैर्य गर्न र सोही खेलबाट लयमा फर्किने भनी दिएको बचन हारेका हुन् ।
शीर्ष स्थानको लिभरपुलसँग २-० ले हारेपछि एन्फिल्डमै ग्वार्डिवलाविरुद्ध बर्खास्तीको नारा लाग्यो । यद्यपि, उनले मुस्कुराएर जवाफ दिए । ग्वार्डिवलाले लिभरपुलविरुद्ध खेलेका २३ खेलमध्ये ६ मा जित हासिल गर्दा ८ खेल बराबरी र ९ खेल हारेको रेकर्ड छ ।
उनले भने, ‘सबै स्टेडियम मलाई बर्खास्त गर्न चाहन्छन् । यसको सुरुवात ९ नोभेम्बरका दिन ब्राइटनमा भएको थियो ।’ ग्वार्डिवलाले सिटीमा रहँदा एक च्याम्पियन्स लिग, दुई एफए कप, चार ईएफएल कप, फिफा क्लब विश्वकप र युईएफए सुपर कप दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण