बाइडेनले आफ्नो छोरालाई दिए माफी
वाशिङटन डीसी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । आइतबार बाइडेनले संघीक कर र बन्दुकसम्बन्धी अभियोगमा यही महिला सजाय भोगेका आफ्ना छोरालाई माफी दिएका हुन् । उनी आफ्नो छोरा भएको कारणले मात्र निशाना बनाइएको भन्दै उनले आफ्नो छोराको बचाव पनि गरेका छन् ।
‘आज मैले मेरो छोरा हन्टरका लागि माफीमा हस्ताक्षर गरेको छु,’ एउटा विज्ञप्तिमा बाइडेनले भनेका छन् । यो पूर्ण र शर्तरहित माफी भएको बताइएको छ । योसँगै हन्टरमाथि लागेका सबै अपराधिक मामिला रफा–दफा भएका छन् । यो माफी पत्रलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले खारेज गर्न पाउने छैनन् । बाइडेनले छोरालाई माफी दिएपछि ट्रम्पले यसलाई नयाँको दुरुपयोग भनेका छन् ।
बाइडेनले राष्ट्रपतिको पदभार सम्हाल्दा नै न्याय मन्त्रालयको फैसलामा दख्खल दिँदिन भनेका थिए । यो वाचा आफूले निभाएको तर छोरालाई निशाना बनाइएको र उ माथि गलत मुद्दा चलाइएको देखेपछि आफूले यस्तो कदम चालेको पनि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण