सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम आयोजना
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।
अहिले विश्वव्यापी रूपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शुक्रबारको दिन कम्पनीको प्रधान कार्यालयमा “हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको ऐक्यबद्धता” को विषयमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो ।
अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यावसायिक संस्थाहरूले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रूपमा प्रशिक्षित गरिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता भएर काम गर्न अर्याल ज्यूले प्रोत्साहन समेत गरिन् ।
फोरमकी संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै लैङ्गिक हिंसाको पीडितलाई आवाज उठाउन अनुरोध गरिन् । त्यस्तै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण