गौरीशंकर गाउँपालिकामा एमाले अगाडि
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ५५
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना जारी रहेको छ । आइतबार भएको स्थानीय तह उपनिर्वाचन अन्तर्गत गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानको मतगणना जारी छ ।
गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछाडि पारेका छन् । यसअघि माओवादी केन्द्रका उम्मेदवार अगाडि रहेका थिए ।
एमालेले १९६९ मत ल्याएको छ । यस्तै माओवादी केन्द्रले १९११ मत पाउँदा नेपाली कांग्रेसले १२७८ मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्ने नेतन्याहूको घोषणा
-
तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ?
-
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
-
ला लिगामा बार्सिलोनालाई फेरि ठक्कर
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल