सेभिया र ओसासुनाले अंक बाँडे
मङ्गलबार, १८ मङ्सिर २०८१, ०४ : १३
काठमाडौं । स्पेनिश ला लिगामा सेभिया र ओसासुनाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । सामेबार राती सेभियाको घरेलु मैदानमा भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यो बराबरीले ओसासुनालाई बढी घाटा लागेको छ । स्पष्ट तीन अंक ल्याउन सकेको भए ओसासुनाको अघिल्लो चरण प्रवेशको ढोका खुल्न सक्थ्यो । यस्तै, सेभियाले समेत आफुलाई थप सुरक्षित बनाउने थियो ।
बराबरीले ओसासुना अंकतालिकाको ७ औं स्थानमा रोकिनु परेको छ । उसको २३ पुग्दा पनि गोल अन्तर ऋणात्मक छ । सेभिया भने अंक तालिकाको ११औं नम्बरमा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण