बेल्जियममा यौनकर्मीलाई सुत्केरी र बिरामी बिदा
ब्रसेल्स । बेल्जियममा यौनकर्मीहरूले औपचारिक रोजगारीको करार पाउने भएका छन् । यसमा उनीहरूले बिरामी र सुत्केरी बिदा पाउनेछन् ।
आइतबार देखि कार्यान्वयनमा आएको यो नयाँ कानुन अन्तर्गत यौनकर्मीहरूले करारमा हस्ताक्षर गरेर स्वास्थ्य बिमा र बेरोजगारी भत्ता जस्ता सुविधाहरू पनि पाउनेछन् ।
यौनकर्मीहरूलाई अन्य कर्मचारी सरह अधिकार दिन विश्वमै पहिलो विस्तृत कानुनी ढाँचा तयार गरिएको बेल्जियन युनियन अफ सेक्स वर्कर्सका निर्देशक डान बाउवेन्सले सीएनएनलाई बताए ।
औपचारिक रोजगारीको करारमा हस्ताक्षर गरेपछि यौनकर्मीहरूले पनि बेल्जियममा अरू कर्मचारीलाई दिइने हरेक खालको सामाजिक सुरक्षा पाउने यौनकर्मीहरूको अधिकारको वकालत गर्ने समूह इस्पेस पीको पीआर व्यवस्थापक क्वेन्टिन डेल्टूरले बताए ।
यो कानुन अन्तर्गत यौन कर्मीहरूसँग कुनै ग्राहकलाई सेवा दिन्न भन्न वा कुनै यौन कार्य गर्दिनँ भन्ने अधिकार पनि रहनेछ । नयाँ कानुनअन्तर्गत यौनकर्मीहरूले सरकारबाट लाइसेन्स लिनु पर्ने डिटूरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण