प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका अध्यक्षबिच भेटवार्ता
मङ्गलबार, १८ मङ्सिर २०८१, १५ : १४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका अध्यक्ष झाव लेजीबिच भेटवार्ता भएको हो । दुई नेताबिच बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले आजै चिनियाँ समकक्षी ली छ्याङ र राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार