साङ्गीतिक सट फिल्म ‘कोठा’ सार्वजनिक
बुधबार, १९ मङ्सिर २०८१, १० : ५७
काठमाडौँ । साङ्गीतिक सट फिल्म ‘कोठा’ सार्वजनिक गरिएको छ । आर्ट घरको निर्माणमा तयार भएको फिल्मलाई भीष्म जोशीले तयार गरेका हुन् ।
जोशीको कथा तथा कन्सेप्टमा तयार साङ्गीतिक फिल्ममा काठमाडौँमा डेरा गरेर भविष्य खोजिरहेको युवा र युवाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । सपना पोका बोकेर काठमाडौँ छिरेको ग्रामीण ठिटो र उसका भोगाई फिल्ममा देख्न सकिन्छ ।
गायक संगीतकार प्रशान्त सिवाकोटीको स्वर, सङ्गीत रहेका ‘कोठा’मा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ । सिवाकोटीले गीतमा देउडा भाकालाई पनि स्थान दिएका छन् ।
फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डे, सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालको पनि अभिनय छ । सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण