कुलमानसँग बढ्दो तनावका बिच विद्युत् प्राधिकरणमा कार्यकक्ष बनाउँदै ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा आफ्नो कार्यकक्ष बनाउन थालेका छन् ।
मंगलबार ऊर्जा मन्त्रालयका कर्मचारी गएर प्राधिकरणमा कोठाको निरीक्षण गरेका थिए । लगत्तै बेलुकाबाट मन्त्रीको कार्यकक्ष बनाउन थालिएको हो । यसअघि मन्त्रीका लागि प्राधिकरणका कार्यकक्ष थिएन भने मातहतका कार्यालयका कार्यकक्ष बनाउने अभ्यास पनि कुनै मन्त्रालयका छैन ।
प्राधिकरणको ४० वर्षे इतिहासमा कुनै मन्त्रीले आफैँले कार्यकक्ष बनाएको यो पहिलो पटक हो ।
मन्त्रीले आफ्नो कार्यकक्ष बनाइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोसीको मर्मत सम्भारमा गएका छन् । प्राधिकरणका प्रमुखको अनुपस्थितमा मन्त्रालयका कर्मचारीले कार्यकक्ष तयार पार्न थालेका छन् ।
त्यसो त प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री हुन्छन् । मन्त्रीको कार्यकक्ष आवश्यक ठानेमा प्राधिकरणले बनाउने हो । स्रोत भन्छ, ‘मन्त्री आफैँले आफ्नो लागि मातहतका निकायमा कार्यकक्ष बनाएको नौलो अभ्यास देखियो । यो कामको लागिभन्दा प्राधिकरण प्रमुख घिसिङलाई अप्ठ्यारो पार्न र उहाँको कामका अवरोध गर्नका लागि बनाएको जस्तो देखिन्छ ।’
यसै पनि डेडिकेटड र ट्रंकलाइनको महसुल उठाउने विषयमा प्राधिकरण र मन्त्रालयबिच कुरा मिलेको छैन । जसका कारण मन्त्री र कार्यकारी निर्देशकबिच तनाव बढ्दै गएको छ ।
प्राधिकरणको नेतृत्व जसरी हुन्छ बक्यौता उठाउने पक्षमा छ भने मन्त्रालय समितिमाथि समिति बनाएर बक्यौता उठाउने काममा अप्ठ्यारो बनाउन थालेको छ ।
यसअघि ऊर्जामन्त्रीले घिसिङलाई ब्यालेन्स गर्न ऊर्जा विज्ञको रुपमा प्रबल अधिकारीलाई मन्त्रालयमा ल्याएका थिए ।
_Uip1nZ3EoC.jpg)
प्राधिकरणमा राख्नको लागि बनाउन दिइएको नेमप्लेट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण