एक वर्षमा मानव अधिकारको उल्लङ्घनसम्बन्धी १२० उजुरी दर्ता, चार जना दोषी किटान
काठमाडौँ । एक वर्षको अवधिमा मानव अधिकारको उल्लङ्घनसम्बन्धी १२० वटा उजुरीहरू दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष तप बहादुर मगरले यसबारे जानकारी गराएका हुन् । मगरले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
‘आ।व। २०८०/८१ मा आयोगका कार्यालयहरूमा मानव अधिकारको उल्लङ्घनसम्बन्धी १२० वटा उजुरीहरू दर्ता भएका छन्। यस अवधिमा आयोगबाट पुराना र नयाँ गरी ३६८ वटा उजुरीमाथि अनुसन्धान सम्पन्न भएको छ’, मगरले भने ।
उनका अनुसार अनुसन्धान सम्बन्धी विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरीगत सिफारिस र ५ वटा नीतिगत सिफारिस गरिएको छ । त्यसै गरी यस अवधिमा २७६ उजुरी तामेलीमा राखिएको छ भने १५ वटा उजुरीहरू खारेज गरिएको छ ।
आयोगबाट यसै अवधिमा १०१ वटा उजुरीहरूमा अन्य कारबाहीको सिफारिस, ९ जना व्यक्तिहरूलाई विभागीय कारबाहीको सिफारिस र चार जना व्यक्तिहरूलाई दोषी किटान गरिएको उनले बताए । यस आ।व।मा आयोगले ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण