विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
काठमाडौँ । बुधवार विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । पर्वत, धनुषा र कैलाली लगायतका जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका हुन् ।
पर्वतको मोदी गाउँपालिका–३ स्थित घईते जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ बस्ने ७६ वर्षीय पदमबहादुर विश्वकर्मा मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै धनुषामा पनि एक महिला मृत अवस्थामा फेला परेकी छ । जिल्लाको विदेह नगरपालिका–५ मुडिया बस्ने ४० वर्षीया रामप्यारी देवी ठाकुर मृत अवस्थामा फेला परेकी हुन् ।
ठाकुर शहिदनगर नगरपालिका–६ हठिपुर गाउँस्थित धान खेतमा बुधवार मृत अवस्थामा फेला परेकी हुन । त्यस्तै कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जङ्गलको छेउमा सोही नगरपालिका–४ वसन्तपुर बस्ने ३५ वर्षीय तेज रैकाल बुधवार मृत अवस्थामा फेला परेका छन् ।
उता चितवनको भरतपुर महानगरपालिका–८ गौरीगंजस्थित राष्ट्रिय निकुञ्जको जंगलभित्र सोही महानगरपालिका–७ बस्ने ५० वर्षीया महाकाली दाहाल पनि मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण