कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
फुङ्लिङ । ताप्लेजुङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरानले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई प्यानल्टी सुटआउटमा ५–२ ले पराजित गर्दै गोधुलीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा खेल ४–४ को बराबरीमा टुङ्गिएपछि प्यानल्टी सुटआउटमा निर्णय भएको थियो । बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको न्यू स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स माइजोगमाईबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार हुने फाइनलमा विजेताले ट्रफीसहित रू तीन लाख दुई हजार ८१ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रू एक लाख ५१ हजार ८१ नगद पुरस्कार पाउनेछ । प्रतियोगिता लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समितिले आयोजना गरेको हो ।
समिति संयोजक चन्द्रकुमार थेबेका अनुसार खेलले समुदायबीचको सद्भाव र खेलकुदको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
विदेश जानका लागि ६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति
-
जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया
-
यमनले हान्यो इजरायलविरुद्ध अर्को मिसाइल