प्रिमियर लिगमा चेल्सीको फराकिलो जित
बिहीबार, २० मङ्सिर २०८१, ०४ : २७
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा दावेदार मध्येको चेल्सीले फराकिलो जित निकालेको छ । चेल्सीले साउथह्याम्पटनविरुद्ध उसैको घरेलु मैदानमा ५-१ को जित निकालेको हो ।
खेलको सुरुवातदेखि नै दबाबमा राखेको पाहुना टोली चेल्सीविरुद्ध आक्रामक हुन खोज्दा पहिलो हाफमै स्टेफेन्सले रातो कार्ड पाएपछि १० जनामा समेटिएको साउथह्याम्पटनले पहिलो आधीअघि नै ३-१ को प्रेसर थेगिरहेको थियो । त्यसपछि उसले थप दुई गोलको सामना गर्नु परेको हो ।
यो हारसँगै साउथह्याम्पटन नराम्ररी थलिएको छ । जुन रेलिगेशन क्षेत्रको पनि पुछारमा पुगेको छ । चेल्सी भने दोस्रो स्थानमा छ । यस्तै अर्को खेलमा एभर्टनले वुल्भ्सलाई ४-० को फराकिलो अन्तरले हराएको छ भने एस्टनभिल्लाले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण