अभिनेत्री गिरीले सुरु गरिन् सौन्दर्य व्यवसाय
काठमाडौँ । मोडल तथा अभिनेत्री समिता गिरीले सौन्दर्य व्यवसाय थालेकी छिन् । उनले कमलपोखरीमा ‘लग्जरी होम सलून’ नामक सौन्दर्य व्यवसाय थालेकी हुन् ।
आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट वञ्चित दिदी–बहिनीहरुलाई लक्षित गर्दै उनीहरूको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवसायको थालनी गरेकी हुन् । भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रूपमा आफूले यो व्यवसाय सुरु गरेको गिरीले बताइन् ।
‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौँ उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’ को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।
‘मैले विगतमा धेरै–धेरै पटक पार्लर जाँदा पर्खिनु पर्ने, आफूले भनेको समयमा कहिले पनि सेवा नपाइने, भोलि आउनु, पर्सि आउनु भन्ने जस्ता कुरा सुन्नु परेपछि यो मेरो मात्र होइन, हामी सबै महिला दिदी बहिनीहरूको सामूहिक समस्या हो भन्ने सोचेर त्यही समस्याको समाधान गर्नका लागि सलोन टाइमकमार्फत काठमाडौंमा आफ्नो सेवाको थालनी गरेको हो’ गिरीले भनिन् ।
कलाकार गिरीका अनुसार यो सेवा नेपालमा पहिला पटक भएकाले नौलो पनि लाग्न सक्छ । वास्तवमा सलोन टाइम एउटा एप हो, जहाँ पार्लरको सेवा तथा सुविधा लिन इच्छुक युवती तथा महिलाहरूले एपमै गएर आफूलाई उपयुक्त हुने टाइम स्लट छनोट गर्न सक्ने छन् ।
सलोन टाइममार्फत हेयर कटिन, फेसियल, कलर, मेनिक्योर, पेडिक्योर, आइब्रो, नेल, मसाजसहित मेकअप तथा ब्युटी सम्बन्धी सम्पूर्ण सेवा लिन सकिन्छ ।
गिरीले थुप्रै म्युजिक भिडियो, टेलिचलचित्र र चलचित्र अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरपकडबाट संवादतिर प्रधानमन्त्री : सिंहदरबारमा ‘आइस–ब्रेक’
-
पुनः प्रयोग गर्न मिल्ने चिनियाँ रकेट सफलतापूर्वक अवतरण
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
-
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण