नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संयोजक भट्टराईले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए । उनले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेसाको रूपमा नभई अभियानको रूपमा अंगाल्नुपर्ने बताए ।
संयोजक भट्टराईले आर्किटेक्टलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताए ।
उनले भने, ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । यो पेसा सामान्य जीवनयापनको पेसा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान् अभियान र कर्म पनि हो । तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा हाम्रो जस्तो गरिब देशले ब्रेन डे«न अर्थात बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ ।’
संयोजक भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरू रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण