करेन्ट लागेर २ जनाको मृत्यु
काठमाडौँ । मकवानपुर र सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका–५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बेलुकी आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण