माघ ५ मा तोकियो फिल्म ‘एक्टर’ को प्रदर्शन मिति
शुक्रबार, २१ मङ्सिर २०८१, ११ : ११
काठमाडौँ । मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’ आगामी माघ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट फिल्मको प्रदर्शन ५ माघ तय भएको बताएको छ ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स विषयमा निर्माण भएको फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ ।
सम्राट थापाको कथा तथा संगीत रहेको फिल्म टिभी पत्रकार मनोहरि थापाले निर्माण गरेका हुन् । सम्राट बस्नेतको द्वन्द्व, युवराज राई र डम्बर राईको छायाङ्कन रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण