छिट्टै प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु : म्याक्रोँ
पेरिस । आफूले आगामी केही दिनमै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले भनेका छन् । संसदमा अविश्वासको मत पारित भएसँगै प्रधानमन्त्री मिशेल बार्नियरले राजीनामा दिएपछि बिहीबार उनको यो अभिव्यक्ति आएको हो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोँले विपक्षी दलहरूले गरेको उनको राजीनामाको माग भने अस्वीकार गरेका छन् । सन् २०२७ मा कार्यकाल समाप्त नभएसम्म राष्ट्रपतिको रूपमा आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने उनले बताएका छन् । सम्बोधनका क्रममा उनले दक्षिणपन्थी र वामपन्थी पार्टीहरूको आलोचना पनि गरे ।
यी दुई खेमाका पार्टीहरूले मिलेर मोर्चा बनाएर सरकारलाई गिराउन खोजेको उनले बताए । यसलाई उनले गणतन्त्र विरोधी मोर्चा भनेका छन् । अबको केही दिनमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने म्याक्रोँले बताए । जनताको हितमा सरकार बनाउने जिम्मेवारी नयाँ प्रधानमन्त्रीको हुने र त्यसमध्ये पहिलो बजेट पारित गर्ने हुने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण