छिट्टै प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु : म्याक्रोँ
पेरिस । आफूले आगामी केही दिनमै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले भनेका छन् । संसदमा अविश्वासको मत पारित भएसँगै प्रधानमन्त्री मिशेल बार्नियरले राजीनामा दिएपछि बिहीबार उनको यो अभिव्यक्ति आएको हो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोँले विपक्षी दलहरूले गरेको उनको राजीनामाको माग भने अस्वीकार गरेका छन् । सन् २०२७ मा कार्यकाल समाप्त नभएसम्म राष्ट्रपतिको रूपमा आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने उनले बताएका छन् । सम्बोधनका क्रममा उनले दक्षिणपन्थी र वामपन्थी पार्टीहरूको आलोचना पनि गरे ।
यी दुई खेमाका पार्टीहरूले मिलेर मोर्चा बनाएर सरकारलाई गिराउन खोजेको उनले बताए । यसलाई उनले गणतन्त्र विरोधी मोर्चा भनेका छन् । अबको केही दिनमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने म्याक्रोँले बताए । जनताको हितमा सरकार बनाउने जिम्मेवारी नयाँ प्रधानमन्त्रीको हुने र त्यसमध्ये पहिलो बजेट पारित गर्ने हुने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति