नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिगको ११औँ अर्धशतक पोखरा एभेन्जर्सका गौसको नाममा
शुक्रबार, २१ मङ्सिर २०८१, १५ : १९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा पोखरा एभेन्जर्सका आन्द्रेस गौसले अर्धशतक बनाएका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
अर्धशतक पुरा गर्ने क्रममा गौसले २० बलको सामना गरी चार छक्का र पाँच चौका हिर्काए । उनले ५२ रन बनाउँदै अविजित छन् । जारी एनपीएलमा बनेको यो ११औँ अर्धशतक हो । हालसम्म चितवन राइनोजका रवी बोपराले दुईवटा अर्धशतक बनाएका छन् ।
यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण