राप्रपा निकट मिडिया नेपालद्वारा पत्रकार महासंघको निर्वाचन बहिष्कार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट मिडिया नेपालले नेपाल पत्रकार महासंघको निर्वाचन बहिष्कार गर्ने भएको छ । शुक्रबार मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले एक विज्ञप्ति जारी गर्दै माहासंघको चुनाव बहिस्कार र विरोध गर्ने बताएका छन् ।
‘आफ्नो पेसा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएको हालीमुहाली रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यो पत्रकारको निर्वाचन होइन पार्टीको भातृ संगठनको निर्वाचन हो र यस्तो निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नगर्न सक्रिय पत्रकारहरूलाई आव्हान पनि गर्दछौँ ।’
सदस्यता सुदृढीकरणको नाममा क्रियाशील पत्रकारहरूलाई सदस्य बन्नबाट वञ्चित गरेर पार्टीका भातृ संगठनका कार्यकर्ता भर्ती गरेर लागेको निर्वाचन गर्न लागिएको भन्दै मिडिया नेपाल आपत्ति जनाएको छ ।
मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण