पत्रकार महासंघमा क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)
काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवारी परेको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा गोविन्द प्रसाद चौलागाईं, दामोदर प्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ ।
यस्तै महिला उपाध्यक्षमा २ जना, उपाध्यक्ष समावेशीमा ३ जनाको उम्मेदपारी परेको छ ।
यसैगरी महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपाने गरी ४ जनाको उम्मेदवारी परेको छ ।
सचिव खुलामा ७ जना, सचिव महिलामा ३ जना, सचिव आदिवासी जनजातीमा ३ जना, सचिव मधेसीमा ३ जना, सचिव दलितमा ४ जना, सचिव एसोसिएटमा ३ जनाको उम्मेदवारी पर्दा कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेको निर्वाचनज समितिले जनाएको छ ।
सदस्यतर्फ कोशीमा ६, मधेसमा ५, बागमती (उपत्यकाबाहेक) ५, गण्डकीमा ५, लुम्बिनीमा ४, कर्णालीमा ४, सुदूरपश्चिममा ४, उपत्यका प्रदेशमा ६, प्रतिष्ठान प्रदेशमा ४, संस्थागत प्रदेश एसोसियतमा ३, खुला सदस्यमा १२ र महिला सदस्यतर्फ मधेसी २, आदिवासी जनजाति २, खस आर्य २ र दलित १ जनाको उम्मेदवारी परेको छ ।
महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मंसिर २८ मा हुनेछ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण