पुष्पा २ को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लुले २५ लाख भारु दिने
हैदरावाद । अभिनेता अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’ को स्क्रिनिङको क्रममा भागदौडमा ज्यान गुमाएका महिलाको परिवारलाई २५ लाख भारतीय रुपैयाँ दिने भएका छन् । उनले मृतक रेवतीका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् । अल्लुले यो घटनाबाट आफू दुःखी भएको बताए । घाइतेहरूको पनि आफ्नै खर्चमा उपचार गराउने उनको भनाई थियो ।
अल्लु बुधबार राति हैदराबादको सन्ध्या थिएटर पुगेका थिए । उनलाई हेर्न भीड जम्मा भयो । तर एक्कासी भागदौड मच्चिँदा रेवतीको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । रेवतीका ९ वर्षीय छोरा श्रेतेज पनि घाइते भएका छन् । मृतकका श्रीमान् आफ्नी श्रीमती र छोराको अवस्थाको लागि अल्लु अर्जुन नै जिम्मेवार रहेको बताउँछन् । उनको टोलीले थिएटरमा आएर प्रहरीलाई खबर गरेको भए यति ठुलो दुर्घटना नहुने उनको भनाई थियो ।
अल्लुले शुक्रबार एक्स ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन् । जसमा उनले भने– सन्ध्या थिएटरमा भएको दुःखद घटनाले म दुःखी छु । यस दुःखद घडीमा परिवारमा मेरो समवेदना। म उहाँहरूलाई यो पीडामा एक्लै छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु। परिवारलाई व्यक्तिगत रूपमा भेट्ने छु । यो कठिन घडीमा म उहाँहरूलाई सक्दो सहयोग गर्न तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण