पुष्पा २ को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लुले २५ लाख भारु दिने
हैदरावाद । अभिनेता अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’ को स्क्रिनिङको क्रममा भागदौडमा ज्यान गुमाएका महिलाको परिवारलाई २५ लाख भारतीय रुपैयाँ दिने भएका छन् । उनले मृतक रेवतीका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् । अल्लुले यो घटनाबाट आफू दुःखी भएको बताए । घाइतेहरूको पनि आफ्नै खर्चमा उपचार गराउने उनको भनाई थियो ।
अल्लु बुधबार राति हैदराबादको सन्ध्या थिएटर पुगेका थिए । उनलाई हेर्न भीड जम्मा भयो । तर एक्कासी भागदौड मच्चिँदा रेवतीको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । रेवतीका ९ वर्षीय छोरा श्रेतेज पनि घाइते भएका छन् । मृतकका श्रीमान् आफ्नी श्रीमती र छोराको अवस्थाको लागि अल्लु अर्जुन नै जिम्मेवार रहेको बताउँछन् । उनको टोलीले थिएटरमा आएर प्रहरीलाई खबर गरेको भए यति ठुलो दुर्घटना नहुने उनको भनाई थियो ।
अल्लुले शुक्रबार एक्स ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन् । जसमा उनले भने– सन्ध्या थिएटरमा भएको दुःखद घटनाले म दुःखी छु । यस दुःखद घडीमा परिवारमा मेरो समवेदना। म उहाँहरूलाई यो पीडामा एक्लै छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु। परिवारलाई व्यक्तिगत रूपमा भेट्ने छु । यो कठिन घडीमा म उहाँहरूलाई सक्दो सहयोग गर्न तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
-
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक
-
गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता
-
१२ बजे, १२ समाचार : अखिल क्रान्तिकारीको चुनावमा लुम्बिनीबाट विजय प्रकाशलाई भारी मतदेखि उग्र बन्दै एनआरएनए विवादसम्म